काठमाडौं - उदयपुरमा जंगलमा बेवारिसे अवस्थामा लुकाइ राखिएको १८२ किलो गाँजा बरामद भएको छ। उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलमा बेवारिसे अवस्थामा लुकाइराखिएको १८२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गाको झाडीमा ९ बोरा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा उक्त गाँजा बरामद गरिएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


0 comment