काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका छलफल भएको खनालको सचिवालयले जनाएको छ। 

भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो।

नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।