काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ४ एमालेका लागि जहिले प्रतिकुल रहयो । सोही क्षेत्रबाट रास्वपाका पुकार बम २९२४२ मतलिएर विजयी बनेका छन भने एमालेका सचिव डा राजन भट्टराईले ५७३३ मत मात्रै ल्याउन सफल भए । यो क्षेत्रबाट अघिल्लो चुनाव अर्थात २०७९ मा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले २१३०२ मत लिएर विजयी भएका थिए । गगन ले यो क्षेत्रमा पकट राख्दै संसदीय चुनावमा जित हासिल गर्न सफल भइरहेका हुनाले यो २०८२ मा पनि कांग्रेसले नै जित्ने झिनो अनुमान भने गर्न सकिन्थ्यो । 
काग्रेसका सभापति गगन थापाले यसपाली यो क्षेत्र छोडेर सर्लाही तिर लागेपछि अघिल्लो चुनावमा १३८५५ मत ल्याएर दोस्रो बनेका एमालेका डा राजन भट्टराई यो चुनावमा निकै मेहनेतका साथ लागिपरेका थिए र चुनाव जित्नेमा पनि ढुक्क नै थिए । विशेष गरी काठमाडौं ४ मा कपनवासीको भोटले हारजितको निर्धारण गर्ने जानकारहरु बताउछन । कपनका समस्या विशेषगरी खहरे कपन डुबान लगायतका समस्या राष्ट्रिय मुद्धाका रुपमा उठाउने गरिन्छ । कपन क्षेत्रको विकासका लागि आफूले हारे पनि सधै निरन्तर काम गरिरहको डा. भट्टराईको दावी थियो । हुनत एमालेका अध्यक्ष ओली चुनाव हुँदैन भनेर बाउठिदै गर्दा हामीले एमालेकै सचिव डा राजन भट्टराईसँग पनि कुराकानी गर्ने पटकपटक जमर्को गरेका थियौ त्यसबेला भट्टराईको पनि भनाई उस्तै थियो चुनाव त आउछ जान्छ । 
यो चुनावमा ढुक्क भएर विजयी हुन्छु भन्दै हौसिएर दोडिरहेका डा भट्टराईसँग कुराकानी गर्न हाम्रो टिमले निकै प्रयास गरेको थियो तर पनि उनले समय दिन तयार भएनन । त्यहाँका स्थानीयसँग हाम्रो टिम मत सर्वेक्षणमा मत कतातिर जाला ? यो क्षेत्रको भन्दा धेरैले कांग्रेसतिर नै जान्छ भनेका थिए भने थोरैले घन्टी बजाउने हो भनेका थिए । 
यो चुनावबाट नराम्ररी पछारिएका एमाले नेता डा भट्टराई अब काठमाडौं ४ बाट कुनै पनि निर्वाचनमा उम्मेद्धार नबन्ने निर्णय गरेका छन ।