काठमाडौं - इरानका सर्वोच्च नेता  आयोतोल्लाह अलि खामेनी  अमेरिका–इजरायलका हवाई आक्रमणका क्रममा आफ्नै कार्यालयमा मारिएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  खामेनीलाई इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक भन्दै इरानी जनतालाई आफ्नो देश फिर्ता लिन आग्रह गरेका छन्।

हवाई आक्रमणमा करिब ४० जना इरानी अधिकारी मारिएका बीबीसीले उल्लेख गरेको छ ।  यसअघि इजरायलले आफूले सात जना अधिकारीलाई मारेको दाबी गरेको थियो।

इरानको   इसलामिक रिभोलुस्नरी गार्ड कोर्प्सले अमेरिकी सैन्य अड्डा र इजरायलविरुद्ध अहिलेसम्मकै सबैभन्दा विनाशकारी आक्रमण सुरु गर्ने चेतावनी दिएको छ।

इरानका प्रतिशोधात्मक आक्रमणहरू दुबई, दोहा, बहराइन र कुवेतमा भएको बताइएको छ । यी स्थानहरूमा अमेरिकी सैन्य अड्डा छन् वा अमेरिका निकट सहयोगी देशहरू हुन्।

इरानको रेड क्रिसेन्टका अनुसार देशभर २ सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

इरानका अनुसार अमेरिकी र इजरायली आक्रमण बालिका विद्यालयमा पर्दा कम्तीमा १०८ जनाको ज्यान गएको छ।