काठमाडौं - मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
१० जनाको घटनास्थलमै मृत्यु भएको र अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । गोली लागेर १२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको बताइएको छ । मारिनेहरु खेलाडी थिए कि दर्शक भन्ने खुल्न सकेको छैन ।
शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो। आक्रमणमा संलग्नहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।



0 comment