काठमाडौ : ट्राफिक सप्ताह अन्तर्गत आज दोस्रो दिन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख अतिथ्यतामा नयाँ बसपार्कबाट छुट्ने चालक तथा सहचालकहरू लगायत यात्रु महानुभावहरुको आँखा जाँच शिविर कार्यक्रम गरिएको थियो।
साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने,यात्रु तथा पैदलयात्रुसँग २ मिनेट कार्यक्रम, चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन लक्षित कार्यक्रम गरी सम्पन्न भएको छ ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मिति २०८२।०९।२७ गते बाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन् सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।

.jpg)
0 comment