काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ अन्तर्गत पर्ने पेप्सिकोला-ब्रह्मखेल सडकखण्डमा नयाँ पुल निर्माण कार्य सुरु भएको छ। उक्त सडकखण्डमा रहेको पुल साँघुरो तथा जीर्ण भएपछि आवागमनमा समस्या हुँदै आएको थियो। सोही कारण पुरानो पुलको विकल्पका रूपमा नयाँ पुल निर्माण अघि बढाइएको हो।

पुल निर्माण कार्य सम्पन्न नभएसम्म उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। निर्माणका क्रममा सडकमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।

पुल निर्माणस्थलको उपप्रमुख शान्ता थापा, वडा नं. ४ का वडाध्यक्ष तथा वडा सदस्यहरूले स्थलगत अवलोकनसमेत गरेका छन्। निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्।