काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई  सोधपुछका लागि डाकेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए ।

जबलाई पक्राउ गरेको खबर पाउने बित्तिकै अनुगनका लागि  टेकुस्थित कार्यालयमा पुगेको आयोगको टोलीलाई गेटबाटै फर्काएको थियो। आयोगले त्यस घटनाबारे आइतबार नै विज्ञप्तिमार्फत प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएको थियो।