काठमाडौं - इरानमा लगातार १३ दिनदेखि सरकार विरोधी प्रदर्शन जारी छ ।
देशका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले सडकमा प्रदर्शन गर्नेहरूलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन् । इरानमा सर्वोच्च अधिकार भएका खामेनीले प्रदर्शनकारीहरूलाई सम्पत्ति नष्ट गर्ने समूह भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए ।
ट्रम्पले यदि सरकारी सुरक्षाबलले प्रदर्शनकारीहरूलाई हत्या गरे भने इरानलाई कडा प्रहार गर्ने चेतावनी दिएका थिए ।
प्रदर्शनह २८ डिसेम्बरमा तेहरानबाट सुरु भएका हो । जुन इरानी मुद्राको ध्वंससँगै शुरू भएको बताइन्छ ।
यसैबीच देशव्यापी इन्टरनेट अवरुद्धको अवस्था अझै कायम छ । विदेशमा रहेका केही इरानीहरूले आफ्ना परिवारसँग सम्पर्क गर्न नसकेको बताइरहेका छन् । अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इरानभित्र प्रत्यक्ष रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएकाले त्यहाँ भएका घटनाहरू पुष्टि गर्न सामाजिक सञ्जालमा निर्भर रहनुपरेको छ ।



0 comment