काठमाडौं - भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्ने फैसला गरेको छ।
रोयटर्सका अनुसार सर्वोच्च अदालतले रोड्रिगेजलाई उक्त पदमा राख्नु प्रशासनिक निरन्तरता र राष्ट्रको समग्र रक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको बताएको छ।
अदालतले राष्ट्रपतिको जबरजस्ती अनुपस्थितिको अवस्थामा राज्यको निरन्तरता,सरकारको प्रशासन र सार्वभौमिकताको रक्षा सुनिश्चित गर्न लागू हुने कानुनी ढाँचा निर्धारण गर्न यस विषयमा छलफल गर्ने पनि जनाएको छ ।



0 comment