यहि मिति २०८२ मंसिर २४ गते बुधवारका दिन जेनजी समूह र सरकारबीच १० बँुदे सम्झौता भएको छ । यस सम्झौतामा अन्य कुराको अतिरिक्त ५ वटा प्रावधानहरु महत्वपूर्ण देखिएको छ ः
१) यस सम्झौताले जेनजी आन्दोलनलाई जनआन्दोलन भनी स्वीकारेको छ ।
२) मौजुदा संविधान संसोधन गर्न एक संविधान सुधार सुझाव आयोग गठन गर्ने भनिएको छ ।
३) भ्रष्ट्राचार गरी कमाएको अकुत सम्पत्तीको जाँचबुझ गरी कारवाही गर्न उच्चस्तरीय सम्पत्ती जाँचबुझ आयोग गठन गर्ने कुरा छ ।
४) जेनजी परिषद गठन गर्ने कुरा समेटिएको छ र
५) माथि भनिएको परिषदले सुशासन र पारदर्सिता कायम गर्न आवश्यक अनुगमन गर्ने कुरा उल्लेख छ ।
मथि भनिएका ५ बँुदाहरु पढ्दा जेनजी आन्दोलनले सकारात्मक निकास पाएको देखिन्छ । तर यो सम्झौता अपूर्ण भएको कारण कतै युवाहरुलाई गुलियो चटाएर भुलाउने ललिपप भइ बेवारिसे त हुने होइन भन्ने आधारहरु यस सम्झौताले छोडेको छ जुन निम्नानुसारका छन् ः
१) यस सम्झौतामा सम्झौता कहिलेदेखि लागु हुने भन्ने कुरा कतै उल्लेख छैन । यसो हँुदा यस सम्झौता कतै संविधानको प्रस्तावना उल्लेख समाजवादोन्मुख राज्य बनाउने र निर्देशक सिद्धान्तमा उल्लेख भएको कुराहरु जस्तै कितावमा मात्रै सिमित हुने त होइन ?
२) माथि १ नम्बर बुँदामा भनिएजस्तै सम्झौता लागु हुने मिति नतोक्नुको कारण यो सम्झौता आउदो चुनाव पश्चात बन्ने संसद र सरकारले मात्रै लागु गर्ने हो भन्ने बुझिन्छ । त्यो सरकारले लागु गरेन भने जेनजी परिषदले सर्वोच्च अदालतको संबैधानिक बेन्चमा मुद्धा हाली सम्झौता कार्यान्वयन गराउन परमादेश लिन सक्छ वा सक्तैन भन्ने बारे सम्झौतामा केहि उल्लेख छैन ।
्३) यस सम्झौता चुनावपछि मात्रै लागु हुने हो भने र आन्दोलनमा गरिएका हत्याका दोषि र भ्रष्ट्राचारीहरुले पनि चुनाव लडेर जीति सरकारको नेतृत्व गर्न पाउने अवस्था रहेमा यो सम्झौता कसले लागु गर्ने ?

४) आन्दोलन २०८४ को चुनावलाई २०८२ मा गर्न गरिएको थिएन । भ्रष्ट्रहरुको सम्पत्तीको जाँचबुझ गरी स्रोत नखुलेको सम्पत्ती जफत नगरी, हत्याराहरुलाई कारवाही नगरी अनि संविधानको संसोधन नगरी हुने चुनावको कुनै अर्थ रहदैन भन्ने कुरालाई यस सम्झौताले कहि पनि आत्मसात गरेको देखिदैन ।
माथि भनिएका ४ कुराहरु सम्झौतामा नपरेकै कारण सम्झौता हँुदै गर्दा जेनजीहरुवीच नै मुक्कामुक्की परेको थियो भने यस सम्झौताको पछि आउने सरकारले यस सम्झौता कार्यान्वयन गर्छ भन्ने के ग्यारेन्टी ? कतै यो सम्झौता बेवारिसी नबनोस ।



0 comment