जुनवेला पृथ्वी नारायण शाह नेपालको एकिकरण गर्दै थिए इष्ट इण्डिया कंपनीको भारतमा वीज रोपिन शुरु भएको थियो । त्यतिखेर नेपालको दक्षिण पूर्वमा बंगालका नवावको स्वतन्त्र राज्य थियो । नेपाल खाल्डो नेपालमा मिसाइ सक्दा पनि पृथ्वी नारायण शाहले सेन वंशद्धारा शाशित पाल्पा र मकवानपुरलाई नेपालमा एकिकरण गर्न सकेका थिएनन । किनकी यिनीहरु गोर्खाली भन्दा त्यति कमजोर थिएनन । मकवानपुर पृथ्वि नारायण शाहको ससुराली राज्य भएतापनि यसले आफ्नो स्वतन्त्र पहिचान कायमै राखेको थियो । काठमाण्डौ उपत्यका माथि विजय हासिल गरेपछि भारतीय राज्य र तिब्बतबीचको ब्यापार आफनो नियन्त्रणमा लिन राजा पृथ्वीको ध्यान मकवानपुरमा केन्द्रित थियो । त्यहि क्रममा २० जनवरी १७६३ मा गोर्खाली सेनाले मकवानपुरमाथि आक्रमण गर्यो । गोर्खालीसँग डराएर सेनवंशी राजाले बंगालको नवावसँग हारगुहार मागे पश्चात सो लडाइ नेपाल अधिराज्य र बंगालबीचको लडाइमा रुपान्तरण भयो । त्यतिखेर स्वतन्त्र बंगाल अधिराज्यका नवाव मीरकासिम थिए । गोर्खालीको अगाडि बंगाली नवावको मुसलमान सेना टिक्न सकेन फलस्वरुप मकवानपुर नेपालमा गाभियो । नेपालको एकिकरण गर्ने क्रममा भएको नेपाल बंगाल युद्ध प्रथम अन्तर्राष्ट्रिय युद्ध थियो । त्यतिखेर बंगाल अधिराज्यभित्र अहिलेको बंगलादेश, भारतको पश्चिमबंगाल र उडिसा राज्य पर्दथ्यो । पछि २३ जून १७५७ मा भएको प्लासीको युद्धमा नवावले अंग्रेजसंग हार ब्यहोरेपछि संर्पूण बंगाल अंग्रेजको इष्ट इण्डिया कंपनीको अधिनमा गयो । बंगालबाट शुरु भएको इष्ट इण्डिया कंपनीको शाशन कालान्तरमा पुरै भारत वर्मा अफगानीस्तान सम्मै फैलियो । 


सन १९४७ मा अंग्रेजले भारत छोडेर जाने वेलामा हस्ताक्षर भएको  एक्ट अफ इण्डियन इण्डिपेन्डेन्स अनुरुप बेलायत अधिनस्थ क्षेत्रलाई हिन्दुस्तान र पाकिस्तान गरी दुइ स्वतन्त्र राज्यमा बिभाजन गरियो । सो अनुरुप पाकिस्तान एकै स्वतन्त्र राज्य तर पश्चिम र पूर्वी पाकिस्तान गरी दुई भूगोलमा विभाजित भए । जसरी बेलायती भारत दुई फ्याक भयो त्यसै गरी बंगाल पनि पूर्वीबंगाल र पश्चिम बंगाल गरी मुस्लिम संम्प्रदाय वढी भएको बंगालको नाम पूर्वी पाकिस्तान र हिन्दु संम्प्रदाय वढी भएको बंगालको नाम पश्चिम बंगाल र उडिसा गरी हिन्दुस्तान भित्रका दुई राज्यहरुमा परिणत भए । पछि मार्च १९७१ मा भारतको सैनिक सहयोगमा पूर्वी पाकिस्तान बंगलादेशको नामबाट पश्चिम पाकिस्तानबाट अलग भई स्वतन्त्र राष्ट्र बन्यो । भारतका असल मित्र बंगलादेशका राष्ट्रपिता मानिएका शेख मुजिव रहमानको हत्यासंगै त्यहाको शासन कालान्तरमा सैनिक शासकहरुले चलाए तापनि पछि पुन शेख मुजिवकै छोरी शेख हसिनाले निर्वाचित प्रधानमन्त्रीको रुपमा बंगलादेशको शासन गर्दै आएकी थिइन र गत वर्षको आन्दोलन पश्चात यिनी भारतमा निर्वासित जीवन बिताइरहेकी छिन भने आन्दोलनबाट प्रधानमन्त्रीको कूर्सीमा आइपुगेका महमद युनुसले अव बंगाल छुटिएर बस्दैन पुरानै नवावकालिन बंगाल एक हुनुपर्दछ भन्ने मुद्धा उठाएका छन । यसो भएमा हालको भारतको अधिनमा रहेको पंश्चिम बंगाल र उडिसा राज्य ग्रेटर बंगलादेशमा पर्न जानेछ । बंगलादेशले उठाएको यस मुद्धाको पक्षमा पाकिस्तान र टर्किले आफ्नो समर्थन जनाउनुले भारतमा कोलाहल मच्चिन मात्रै गएको छैन बल्की ग्रेटर बंगलादेश बनेमा भारतको मुख्य भूमीको पूर्वोत्तर भारतीय राज्य आसाम, मेघालय, मिजोरम नागालैण्ड, त्रिपुरा, मणिपुर र अरुणांचल प्रदेशसंगको भौगोलिक सम्पर्क टुटन गई ती स्वतन्त्र राष्ट्र बन्न जान्छन भने अहिलेको चिकेन नेक भनिएको सिलगुडी करिडर स्वत नेपालमा मिसिन आउदछ । चीनले ग्रेटर बंगलादेशको पक्षमा बोलेको छैन यद्यपि पहलगाम विवादमा चीनले भारत विरुद्ध आफनो अत्याधुनिक वायु शक्तिको परिक्षण गरी भारतीय राफेल विमान खसालेको कारण भारत युद्ध विरामगर्न वाध्य भएको थियो । गत मार्च महिनामा भएको राष्ट्रपति युनुसको चीन भ्रमणमा उन्ले जुन स्वागत पाए त्यसले चीन पनि ग्रेटर बंगलादेशको पक्षमा रहेको अनुमान गर्न सकिन्छ ।

युनुसले ग्रेटर बंगलादेशको मुद्धा उठाउनासाथ भारतले अहिले आफ्नो पुरै स्थल र वायुसेनालाई सिलगुडी करिडरमा केन्द्रित गर्नुले अब कुनै पनि बेला भारत बंगलादेश युद्ध हुन सक्ने खतरा वढेको कारण पाकिस्तान र टर्किले बंगलादेशको सुरक्षार्थ सैनिक सहयोग विस्तार गर्दै लगेका छन । हालैको समयमा भारतको रुससँगको राम्रो सम्वन्धले गर्दा विग्रन गएको भारत अमेरिकी सम्वन्धको कारण अमेरिका पनि ग्रेटर बंगलादेशको पक्षमा देखिएको छ । बंगलादेशी टापु सेन्ट मार्टिनमा नेटोको सैनिक अखाडा बनाउन उध्दत नेटोको उपप्रमुखले भारतले निहु खोजेमा हामी भारतलाई टुक्राइ ग्रेटर पाकिस्तान ग्रेटर नेपाल र ग्रेटर बंगलादेश बनाएर देखाइदिन्छौ भन्ने धम्कि आएपछि भारतले अमेरिकाको दवावमा रुससँग कच्चा तेल नकिन्ने जनाए तापनि संभावित भारतको विखण्डन टार्न मोदि सरकार जोडतोडले लागि परेको छ ।