काठमाडौं - हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा पुगेको छ ।  

विमानले रनवेमा  एउटा गस्ती सवारीलाई ठक्कर दिँदा दुईजना भुइँ कर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बोइङ ७४७-४८१ विमानको आधा भाग  अहिले पनि समुद्रमा   तैरिरहेको  अवस्थामा रहेको  तस्विरहरू सार्वजनिक भएका छन्।

विमानमा रहेका चारै जना चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका छन् ।  एमिरेट्सको फ्लाइट EK9788 दुबईबाट स्थानीय समय अनुसार बिहान ३:५० बजे हङकङ आइपुगेको थियो ।

एउटा रनवे बन्द गरिएको छ भने  विमानस्थलका अन्य बाँकी दुई रनवे भने सञ्चालनमा छन्।

१९९८ मा हालको हङकङ विमानस्थल सञ्चालनमा आएपछि यो दोस्रो घातक दुर्घटना भएको बताईएको छ ।