काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्ने खालको हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानप्रति सम्मान जनाउनुपर्नेमा जोड दिएका छन्।

उनले नयाँ पुस्ताको नाममा भइरहेका प्रतिगमनकारी प्रयास र विध्वंसकारी गतिविधिको विरोध गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं। त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं। जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाऔं।’

महासचिव पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउने, कार्यकर्ताको मनोबल उच्च राख्ने र जनपक्षीय जीवनशैली तथा आचरण अपनाउनुपर्ने कुरामा जोड दिएका छन्।