काठमाडौं - जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूले आज र भोलि शोक बिदा दिएका छन् ।
निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले आज एक विज्ञप्ति निकाल्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा घाईते भएकाहरुको विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ । हिजोको घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ । यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा भनिएको छ उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
अपेन, हिसान, नेपाल मन्टेश्वरी एसोसिएसन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै निर्णय सार्वजनिक गरेका हुन् ।




0 comment