काठमाडौं - प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे पनि सदनलाई जानकारी गराए । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको बताए ।
उनले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताए।


0 comment