काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित भएका थिए । जसमध्ये बानियाँको पक्षमा ६३ र विपक्षमा २२ मत पर्यो ।मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका थिए ।नेपाली कांग्रेसको संसदीय दलको नेता बन्दै बानियाँ साउन २० मा मुख्यमन्त्री नियुक्त भएका थिए ।