काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुसी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।’

केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले संसारमा असम्भव भन्ने कुरा केही पनि नरहेको बताए ।