नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ८०० सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९३ हजार ६०० सय रुपैयाँ कायम छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँ थियो । मंगलबार भने सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढ्दै २२ सय ७० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी हिजो (बुधबार) भने प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।



0 comment