बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम स्थगित गरिएको छ ।
वाग्मती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौं जानु परेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको जनाईएको छ ।
आज दिउँसो १ बजेका लागि शपथग्रहणको कार्यक्रम तोकिएको थियो ।
शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको सूचना जारी गरिएको छ ।


0 comment