काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठमाथि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको छ । समितिको सिफारिसलाई अनुमोदन गर्न पार्टीले आज राष्ट्रिय भेला बोलाएको छ ।
श्रेष्ठले पार्टीको निर्देशनअनुसार २४ घण्टाभित्र बुझाउनु पर्ने स्पष्टीकरण नदिएकी कारण अनुशासन समितिले कारबाही सिफारिस गरेको हो । पार्टीको केन्द्रीय समितिको बैठकले आइतबार श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसअनुसार मंगलबारसम्मको समय दिइएको थियो । पार्टीले तोकिएको समयभित्र अध्यक्ष श्रेष्ठले स्पष्टीकरणको जवाफ फर्काएकी छैनन् ।
श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै कार्यवाहक अध्यक्षमा शिव बाँस्तोलालाई तोकेको निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर उनको भूमिकामाथि प्रश्न उठ्दै आएको छ । पार्टीले अब राष्ट्रिय भेलामार्फत आवश्यक निर्णय लिने तयारी गरेको छ ।


0 comment