काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङमार्गको काम छिटो सक्न निर्देशन दिएका छन् ।
मन्त्री दहालले मंगलबार बिहान सुरुङ मार्गको स्थलगत निरीक्षणपछि बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका हुन् । उनी सुरुङ मार्गको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिन सडक विभागका अधिकारीहरुसहित त्यहाँ पुगेका थिए ।
निरीक्षण गर्न सँगै गएका सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको बताए । उनले पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम तीव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।


0 comment