काठमाडौं - नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

एमालेकै प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।