काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले कुलिङ पिरियडबारे गठित संसदीय छानबिन समितिको नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले जुन दल र नेताप्रति कुरा उठेको थियो त्यही दलले छानबिन समितिको नेतृत्व गरेको भन्दै आशंका व्यक्त गरेका हुन् ।
जसको बारेमा छानबिन गर्न समिति बनाइएको हो त्यसैको पार्टीका नेतालाई नेतृत्व गर्न दिइयो भने सत्यतथ्य नआाउन सक्छ उनको भनाइ थियो । छानबिन समिति कर्मकाण्डी मात्रै हुने बताए । यद्यपि उनले समितिमा आफूहरु पनि रहने बताए ।प्रतिनिधसभाले गठन गरेको छानबिन समितिमा रास्वपाको तर्फबाट पनि एकजना सदस्य छन् ।
सभामुख देवराज घिमिरेले झापछि राप्रपाका सांसद दीपक सिंहलाई बोल्न समय दिएका थिए ।
उनले प्रतिपक्षी दलको विरोध जारी रहँदा दुई तिहाईको दम्भ देखाएर सदन चलाएको भन्दै त्यसको विरोध गरे । सहज रुपमा सदन नचलेसम्म बहिष्कार जारी राख्दै भन्दै उनी बोले लगत्तै रास्वपा र राप्रपाका सांसदहरु बाहिर निस्केका थिए ।


0 comment