काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) को अवरोधकाबीच प्रतिनिधिसभाको बैठक जारी रहेको छ । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ रास्वापाका सांसदहरुले उठेर विरोध जनाउँदै विरोध गरेका छन् । राप्रपाका सांसदहरुले आजको बैठक पनि बहिष्कार गरेका छन् । रास्वपाका सांसदहरुले पनि आजको बैठक बहिष्कार गरेका छन् ।