काठमाडौं - नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा बिहान ५ बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए। शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए ।
समाजवादी चिन्तकको रूपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत थिए ।
उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल छन्। माहिली श्रीमती देवघाटमा बस्दै आएकी छन् ।
शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले उनीहरु आएपछि अन्त्यष्टि गरिने जनाइएको छ । स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पनि पारिवारिक स्रोतले जनाएको छ ।


0 comment