काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्तावअनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाउँदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाए।
आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको विकल्प नभएको उनले बताए। घिमिरेले सदनलाई अघि नबढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने बताए।


0 comment