काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले लुटतन्त्रको रक्षाका लागि वीरतापूर्वक आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले १८ दिनदेखि संसदमा नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै सरकारसँग लेनदेनको राजनीति गरेको बताए ।
उनले भने, 'प्रमुख प्रतिपक्ष दलका नेताले गणतन्त्रको रक्षा भन्नुको साटो लुटतन्त्रको रक्षाको लागि सहमति जनाएको जनाउँदै, ‘वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो।’
उनले देशभरि जनता यथार्थ बुझिरहेको बताउँदै गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।


0 comment