पछिल्ला दिनमा अख्तियारले गरेको साहसिक कार्यको सम्मान गर्नैपर्छ । अक्तियार दुरुपयोग अनुसन्धान आयोग यसरी नै सक्रिय भएको अवस्थामा भ्रष्ट्रचार निर्मुल पार्नका लागि कुनै बेर लाग्दैन । आफू उच्च पदमा आसिन हुँदा पदको दुरुपयोग गरी अनियमिततामा संलग्न हुने र तर बाहिर चाही सँधै नैतिकताको ढोल पिटेर हिडनेहरुको भिड नेपालमा ठूलै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेछ । यो काण्डसँगै माधव नेपालको सांसद पद पनि निलम्बनमा परेको छ । अरुमाथी औला उठाएको दृष्य ताजै छ तर आज त्यो औलाले आफैतिर फर्किएको छ । जुन निकै अशोभनीय नै मान्नु पर्छ ।
यो अख्तियारले पूर्वप्रधानमन्त्रीविरुद्ध दायर गरिएको पहिलो मुद्दा हो । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा आयुर्वेदिक विश्वविद्यालय स्थापनाको नाममा ८ सय १५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न स्वीकृति दिएको थियो । तर पतञ्जलीले त्यसभन्दा बढी जग्गा किनेर, ३ सय ५३ रोपनी १५ आना जमिन अन्यत्र बिक्री गरेको थियो, जुन विद्यमान भूमिसम्बन्धी कानुनविपरीत ठहरिएको छ । सरकारी छानबिन समितिले यसलाई स्पष्ट दुरुपयोग भनेको थियो ।
अब अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै, आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भएको छ। यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिइसकेका उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन् । समाजवादीका अन्य नेताहरुमाथी पनि अनियमितता भ्रष्ट्रचारका सवालमा मुद्धा चल्ने क्रम त छदैछ । तत्कालै सुदूरपश्चिमको पूर्व मुख्यमन्त्री उनकै कारिन्दा दीर्घप्रसाद सोडागीलाई अख्तियारले डेढ करोड भन्दा बढी रकम हिनामिनामा मुद्दा चलाएको थियो । भ्रष्ट्रचार मुलुकको काउछो हो यसले मुलुकलाई कहिलै माथी उठन दिदैन । भ्रष्ट्रचारमा मुछिने जो केही भएपनि उसलाई कुनै पनि वहानमा छुट दिने कार्य गर्नु हुदैन । सबै राजनीतिक नेतृत्व भ्रष्ट्रचार र अनियमितताका विरुद्धमा सधै चनाखो हुनु पर्दछ । यो मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडी बढाउनका लागि एमालेले सबै विकल्पहरु प्रयोग गरी जनताको भावनालाई सकभर समेटेने प्रयास गरिरहेको त प्रष्टै छ । त्यसकारण राजनीतिक दलहरुले सध्रै जनपक्षीय भएर आफ्ना व्यवहार र अभ्यासहरु गर्ने मार्गमा हुनुपर्दछ भन्ने कुरा सधै आवश्यक हुन्छ । बाहिर सन्तको प्रतिक हुने भित्रभित्रै पदको दुरुपयोग गर्ने र मुलुकलाई खोक्रो बनाउनेहरुको भिड बढिरहयो भने यो मुलुक र जनताको लागि निकै घातक काम हुनेमा कुनै संका नै छैन । त्यसैले अरुका बारे नियाल्दै गर्दा आफैभित्र एकफेर नियाल्ने अभ्यास गरौं यही नै परिवर्तनको मार्ग बन्न सक्छ । सुशासन र परिवर्तनका लागि सबैको हातेमालो सबैको साथ निकै महत्वपूर्ण हुन्छ यो मुलुकलाई माथी उठाउनमा सबैको ध्यान त्यत्तीकै आवश्यक हुनेहुनाले त्यसैअनुसार आफैभित्र सच्चिनु पर्ने कुरालाई ध्यानमा राख्नु पर्दछ ।



0 comment