काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ८८ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन (आइतबार) प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने १ हजार ९९० रुपैयाँ पुगेको छ ।


0 comment