काठमाडौं - सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल भइरहेको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी छलफलमा सदनको अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएपछि सभामुखले दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादीसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
बजेट प्रस्तुत गर्न दिए पनि विपक्षी दलहरूले अवरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।


0 comment