काठमाडौं - नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी बीच आज एकता हुँदै छ ।
सोमबार बिहान साढे ११ बजे एक कार्यक्रमका बीच एकता घोषणा कार्यक्रम तय भएको बताईएको छ । नेसपाले हिजो मात्रै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थियो ।
एकता घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


0 comment