काठमाडौं - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र सुशासनका लागि सांसद तथा मन्त्रीहरूको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्।
राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकलाई संकटबाट जोगाउन संरचनात्मक परिवर्तन आवश्यक रहेको बताए।
नेता श्रेष्ठले महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली हटाएर पूर्ण समानुपातिक प्रणालीमा जान, सांसदलाई कानुन निर्माणमा मात्र सीमित गर्न र मन्त्रीहरू संसदबाहिरबाट नियुक्त गर्नुपर्ने प्रस्ताव गरे ।
‘अब निरन्तरतामा क्रमभङ्गता आवश्यक छ,’ उनले भने, ‘सांसद, मन्त्री र प्रदेश सरकारको संरचना घटाउनुपर्छ।’
उनले विश्वविद्यालय, न्यायालय र संवैधानिक निकायहरूमा भइरहेको राजनीतिक भागबण्डा अन्त्य गरी सुशासन र मितव्ययिता कायम गर्न ठोस कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिए।


0 comment