काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका २८ स्थित एक गेष्ट हाउसको कोठामा एक जना महिला मृत अवस्थामा फेला परेकी थियो। जिल्ला नुवाकोट, सूर्यगढी नगरपालिका १ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने वर्ष २८ की बिमला तामाङ को हत्या गतेको अवस्थामा लास फेला परेको थियो ।
हत्या गरी फरार  भएका जिल्ला धादिङ, गल्छी गाउँपालिका घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने वर्ष ४० को राम चन्द्र पन्त भारतमा लुकीछिपी बस्दै आएकका थिए।

पन्त नेपाल फर्कँदै गरेको भन्ने सूचना पाए पछि खटिएको  प्रहरी टोलीले मिति २०८२ बैशाख ३० गतेका दिन काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको हो। पक्राउ परेका पन्त माथि  थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु  भयो।