काठमाडौं - लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।  

जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्ने लागेर राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । 

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजकै मितिबाट पदमुक्त हुन राजीनामा पेस गरेको छु ।’

गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले राजीनामा दिएको स्वीकार गर्दै  सभामुखलाई राजीनामा स्वीकृत गर्न भनेको बताए ।