काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार उनले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहा बस्ने सम्पूर्ण नेपालीको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराए । उनले ती देशमा बस्ने नेपालीलाई पर्न सक्ने सम्पूर्ण समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन पनि उनले ध्यानार्षण गराए ।
त्यसअघि बैठकमा सांसदहरुले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौं नेपालीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । साथै उनीहरुले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्नसमेत माग गरेका छन् ।


0 comment