काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन् । छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकको सहभागिता छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली-देउवाबीच गुणाकर भट्टलाई गभर्नर बनाउनेमा सहमति जुटे पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।
उसो त भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि का.मु गभर्नर नीलम ढुंगानाले स्वीकृति गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति अन्योलमा परेको छ । गत चैत २५ गतेबाट गभर्नर पद रिक्त छ ।
-फाइल तस्बिर


0 comment