काठमाडौं - नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले आजै सरकार ढल्छ, भोलि नै ढल्छ, सबै मिलाइसकेको छु भन्ने किसिमका अभिव्यक्तिहरू प्रचण्डबाट निरन्तर सार्वजनिक भइरहेकाले यसले मिडियामा भ्रम र समाजमा ध्वनि प्रदूषण मात्रै बढेको आरोप लगाए।
उनले सरकारविरुद्धका चलखेल भइरहेको जनाउँदै यस्ता झुटा र निरर्थक वक्तव्यले जनतामा भ्रम फैलाउने काम मात्रै गरेका बताए ।
सांसद थापाले माओवादी अध्यक्षप्रति कटाक्ष गर्दै भने, ‘त्यस्ता नेता, जसले दिनमा अनेकथरी झुटा अभिव्यक्ति दिन्छन्, कति वटा जिब्रा भएका हुन्? कति झुटा कुरा भन्न सक्ने काबिल ठान्ने? हामी नेपालीहरूले त्यस्तो नेतृत्वलाई अझै कति समय सहनुपर्ने हो?’
सांसद थापाले निरन्तर सत्ता अस्थिरता पैदा गर्ने प्रयास लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार भएको दाबी गरे।


0 comment