काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् ।

राज्यमन्त्री गर्बुजाले आइतबार प्रधानमन्त्री केपी ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।

नेपाली कांग्रेस म्याग्दीका सभापति एवं म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।