काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा  भविष्य उज्ज्वल बनाउन सक्ने सीप सिकाउनु पर्ने बताएका छन् ।

कांग्रेसको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ ।’  

उनले सामाजिक भत्ता सम्पन्न र विपन्नलाई एउटै भएको जनाउँदै वैज्ञानिक नभएको पनि बताए । उपसभापति गुरुङले अहिले कांग्रेस सरकारमा रहेको अवस्थामा विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्ने साथै शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोडदिए ।