काठमाडौं - ब्राजिलका ७५ वर्षीय पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई सर्वोच्च अदालतले झन्डै ९ वर्षको जेल सजाय सुनाएपछि शुक्रबार पक्राउ गरिएको हो ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो । जसका कारण उनले कार्यकालको आधा समयमै राजीनामा दिन बाध्य भए ।

अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्।

कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् । सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो ।