काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले आफुलाइ  निजामतीको उच्च दर्जाको कर्मचारी पर्चय दिदै ठगी गरेको आरोपमा एकजा महिलालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला दैलेख दुनेचौर गाउँपालिका वडा नम्स्बर ५ घर भएका जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्दै आएका बर्ष ४० कि जानकी न्यौपाने   रहेकाछ्न।

बिभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको बिभिन्न शिर्षकमा ठेक्का मिलाई दिने भन्दै ठगी गर्दै आइरहेकी थिइन।
ठेक्का प्रयोजनको लागी राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार लिएको र अन्य दुई जना पिडितहरुलाई अनुदान तथा  ठेक्का  मिलाई दिन्छु भनी केही रकम लिईसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा   काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलि काठमाडौ महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जी.सीले जानकारी दिनु भयो।