काठमाडौं - काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको  बस नमोबुद्ध-२  सेल्फीडाँडामा शुक्रबार दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरूलाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।