काठमाडौं - उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनामा कार्यरत अमिन दिनेशप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र झण्डै सवा करोड जरिवानाको फैसला सुनाएको छ।
वैधानिक आम्दानीभन्दा एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी रुपमा आर्जन गरेको देखिएपछि उनलाई सोही रकम बराबर जरीवाना तिराउने फैसला भएको छ। फैसला चित्त नबुझेमा यादवले तोकिएको अवधिभित्रै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।


0 comment