मोरङ:  मोरङ प्रहरीले विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ ।पक्राउ पर्नेहरुमा भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँया रहेका छन।

जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार ब्यक्तिलाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ सय १९ ग्राम लागुऔषध खैरोहेरोइन  फेलापरेको थियो ।

पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ्ग जिल्ला प्रहरी कार्यालयका प्रमुख कबित कटवालले जानकारी दिनु भयो।