काठमाडौं - चीनले अमेरिकासँग व्यापार सम्झौता गरे परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । 

चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने बताएको छ । मन्त्रालयले अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूमाथि चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार रहेको स्पष्ट पारेको हो ।

चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरू देशसँग मिल्न पनि तयार रहेको मन्त्रालयले जनाएको छ ।  

अन्य देशहरूलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुट दिनसक्ने रिपोर्टहरू आएपछि चीनको यस्तो भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबीच कर युद्ध सुरु भएको छ ।