कोशिश गर अवश्य हल निस्किन्छ

आज नभएं पनि भोलि निस्किन्छ

 

अर्जुनको लक्ष्य राख निशाना खोज

मरुभुमिबाट पनि त पानी निस्किन्छ

 

मेहनत गर फूललाई पानी देऊं

सुक्खामा पनि फेरि फल निस्किन्छ

 

तागत जुटाउ हिम्मतलाई आगो देऊ

कमजोरको पनि फेरि बल निस्किन्छ

 

शिरमा उम्मीदलाई ज्यूंदै राख्ने गर

समुन्दरबाट पनि त गंगाजल निस्किन्छ

 

कोशिश गर्दै जाऊं केहि गर्दै जाऊं

जे रोकेको छ अहिले भइ निस्किन्छ

कोशिश गर अवश्य हल निस्किन्छ

आज नभएं पनि भोलि निस्किन्छ

 

(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो ।)