काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान केपी ओली नेतृत्वको सरकार नसुध्रिए उनको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्ने तागत आफूहरुमा रहेको चेतावनी दिएका छन् ।
पार्टीले मंगलबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले शान्तिपूर्ण ढंगबाटै त्यसो गर्न सक्ने तागत आफूहरुमा रहेको बताए ।
भृकुटीमण्डपमा आन्दोलन गर्दा हल्लिने कस्तो गणतन्त्र? भन्दै लिङ्देनले भने, ‘ हामीले चारतिर छेकेर आन्दोलन गरे के हुन्छ?’यदि तपाईँहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरर भात पानी बन्द गर्दिन सक्छौँ।’ अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने बताए।
लिङ्देनले प्रहरी प्रमुख दीपक थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाएका हुन्। उनले भने, ‘प्रहरी प्रहरी भएर बस्नुपर्छ, दलका भ्रातृ संगठन भएर बस्नु हुँदैन।’
उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए। सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ।


0 comment