टाल्दा टाल्दा थाकी सके मन टाल्न छाडेकोछु ।
पिर पाली बाचौ कति पिरपाल्न छाडेकोछु ।। 

कहिलेकाही एकान्तमा बात भएपो जिन्दगीमा ।
लड्दा खेरी उठाईदिने ती हात भएपो जिन्दगीमा ।।
मन पनि उराठ लाग्दो हुने रहेछ तिमी बिना ।
मदहोस भई लट्ठिनलाई तिमी भएपो जिन्दगीमा ।। 

तारा मागिन मैले तिम्रो हात मागे तिमिसङ्ग  ।
हामी दुबै बिलाएर जाने मीठो मात मागे तिमिसङ्ग ।।
जसो तसो चलेकै छ आज भोलि जिन्दगी मेरो ।
मदहोस भैइ लट्ठिनलाई कालो रात मागे तिमिसङ्ग ।। 

सोच्दै जादा एक्लिएछु जीवन देखि दिक्क लाग्छ ।
कति सुन्दर हुन्थ्यो होला भए तिमी जिन्दगीमा ।।
कहिलेकाही एकान्तमा बात भएपो जिन्दगीमा ।
लड्दा खेरी उठाईदिने ती हात भएपो जिन्दगीमा ।।

लुगा जस्तै मनको पीडा धुन पाए जिन्दगीमा  ।
पीडा सबै हट्ने गरि रुन पाए जिन्दगीमा  ।।
भाग्य लेख्ने भाबिलाई भेट्न पाए हुन्थ्यो ।
सोध्थे मेरो भाग्य लेख्दा मशी चाहिँ कुन्थ्यो ।। 

टाल्दा टाल्दा थाकी सके मन टाल्न छाडेकोछु ।
पिर पाली बाचौ कति पिरपाल्न छाडेकोछु ।।
एकान्तमा कति हराउ ब्यर्थ टोलाउन छाडेकोछु ।
बाची दिन्छु सहेर नै गह पखाल्न छाडेकोछु ।।