काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाँइबीचको टसलले नगरपालिकाका कर्मचारीले तलव पाएनन । नगरपालिकाको बजेटबाट गर्नुपर्ने कामहरु ठप्प भए । समस्या मेयर र कर्मचारीमा भए तापनि महानगरको विकास निमार्णका कामहरु नहुनु राम्रो होइन । जनताको काम नहुनु ठिक होइन । कर्मचारीले काम गरेको पारिश्रमिक नपाउनु ठिक होइन । समस्या आउँदा दुवै पक्षबाट मिल्नेतिर जानुपर्ने तर त्यसो भएको देखिएन । अन्ततः प्रमुख बालेन शाह बिनानै महानगरको कार्यालयमा बसेको वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठकमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले प्रमुख बालेन शाहलाई छलफलमा आएर समाधान खोज्न चुनौती दिएकी छन । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइएको छ । यो सकरात्मक पक्ष हो । 
मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको हो । हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । नगर प्रहरी र कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन । प्रमुख प्रशासकीय अधिकृतलाई बालेनद्वारा गठित छानबीन आयोगले नै दोषी प्रमाणित गर्न नसकेकोले  उहाँलाई हाजिर गर्ने व्यवस्था गरिनु पथ्र्यो र गर्नु पर्दछ ।  मेयर बालेनको अहंमताले हजारौँ कर्मचारी र लाखौँ काठमाडौंबासीले दुःख पाउनु पनि राम्रो होइन । महानगरपालिकाको कारण क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । यो निकै दुखद कुरा हो । यो तमासा हामीले कहिले सम्म हेर्नुपर्ने ? भन्ने प्रश्न महानगरवासीको छ । 
मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । कर्मचारी र नगरप्रहरीलाई जुधाएर आफू पन्छिन खोज्नु झन ठूलो समस्या हो पनि भन्न थालिएको छ । होइन भने कोठामा बसेर फेसबुकमा लेखेर आदेश दिन मिल्दैन । भन्ने गुनासाहरु मेयर बालेनप्रति छ । मेयरले यस्तो मनमुटाव संस्थाभित्र नदेखाउनु पर्ने हो । मेयर बालेन आफैले नै समाधान खोज्न जरुरी छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएको स्थानीय सरकारभित्र यसरी समस्या निम्त्याएर अगाडी बढन खोज्नु नगरवासीका लागि निकै समस्याको सवाल हो । मेयर बालेनले नै गठन गरेको छानविन समितिले दोषी प्रमाणित गर्न नसकेपनि यसलाई इसु बनाउदै अहमता प्रदर्शन गर्नु आम नगरवासी जनतामाथीको घात हो यस तरिकाले अगाडी बढदा आफैप्रतिको भरोसा टुटने खतरालाइृ पनि हेर्नुपर्ने हो । यसकारण मेयर बालेनको रिस र आवेगको सिकार सिंगो नगरपालिका हुनु हुदैन भन्ने कुरालाइृ सबैले ख्याल गर्न पनि निकै जरुरी छ ।